आइतबार, पुष ६, २०८२

दुर्घटनामा युवकको मृत्यु

नेपालखोज २०८२ मंसिर ४ गते २०:०८

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहीबार वाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -रासस

प्रतिक्रिया