नेप्से २५ सय ६० बिन्दुमा, सातामा २० अर्ब ४१ करोडको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २५ सय ६० दशमलव १५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४० दशमलव ६५ बिन्दुुमा कायम भएको छ ।
यो साता तीन सय ४५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसअनुुसार दुई लाख ८० हजार सात सय ९३ पटकको कारोबारमा चार करोड ४९ लाख ४३ हजार नौं सय ६० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ४१ करोड २९ लाख ५७ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै मात्र बढी हो ।
गत साता धितोपत्र बजारमा तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार १० लाख ५१ हजार नौं सय ३६ पटकको कारोबारमा चार करोड ३२ लाख २४ हजार तीन सय २७ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ३९ करोड ६६ लाख १५ हजार सात सय ५८ रुपैयाँ पुगेको थियो ।
नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन उकालो लागेको नेप्से परिसुचक बाँकी तीन कार्य दिन लगातार ओरालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक पाँच दशमलव १५ अंकले ओरालो लागेर दुई हजार पाँच सय ४० दशमलव ५७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले ओरालो लागेर चार सय ३९ दशमलव ४४ बिन्दुमा झरेकोे थियो । दोस्रो दिन भने नेप्से परिसुचक नौं दशमलव ७८ अंकले उकालो लागेर दुई हजार पाँच सय ५० दशमलव ३६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४३ अंकले उकालो लागेर चार सय ४० दशमलव ८७ बिन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक १५ दशमलव ७० अंकले उकालो लागेर दुई हजार पाँच सय ६६ दशमलव सात बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६५ अंकले उकालो लागेर चार सय ४३ दशमलव ५३ बिन्दुमा चढेको थियो । चौंथो दिन भने नेप्से परिसुचक चार दशमलव ९८ अंकले ओरालो लागेर दुई हजार पाँच सय ६१ दशमलव आठ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले ओरालो लागेर चार सय ४२ दशमलव २६ बिन्दुमा झरेकोे थियो ।
पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक शुन्य दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार पाँच सय ६० दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर चार सय ४० दशमलव ६५ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयनर पावर पार्टन, नेपाल पुर्नबीमा कम्पनी आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।








प्रतिक्रिया