आइतबार, पुष ६, २०८२

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता

नेपालखोज २०८२ मंसिर ५ गते १६:३१

काठमाडाैं । इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।

हाल सम्म सातवटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताए ।

लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको बताउदै मुहारीले चुनौतिपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताए ।

स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुदाँ १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेट अनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

खोजी प्रयासहरूलाई तिन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ

प्रतिक्रिया