आइतबार, पुष ६, २०८२

एनपीएल : सुदूरपश्चिम रोयल्सकाे लगातार दोस्रो जित

नेपालखोज २०८२ मंसिर ५ गते २०:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, पोखराका लागि पहिलो खेलमा चल्न नसकेका जिम्मी निशमले आजको खेलमा २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए ।

प्रतिक्रिया