आइतबार, मंसिर २८, २०८२

करिब एक हजार ४ किलो गाँजासहित दुई जना पक्राउ

नेपालखोज २०८२ मंसिर ७ गते १४:००

सिराहा । लहान नगरपालिका-१ ट्राफिक चोकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ४ किलो ४५० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक टंक र सहचालक खेमलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया