आइतबार, पुष ६, २०८२

झण्डै ४० अंकले बढ्दा ६ अर्ब २८ करोडको कारोबार

नेपालखोज २०८२ मंसिर ७ गते १५:२९

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३९ दशमलव ९२ अंकले बढेर २६ सय दशमलव २२ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ७६ हजार २८ पटकको कारोबारमा एक करोड ३३ लाख ८१ हजार नौं सय २६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २८ करोड ६७ लाख ३३ हजार नौं सय १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य पाँच अंकले घटेर बाँकी समुहहरुको सुचक उच्च अंकले बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव १४ अंकले बढेर १३ सय ४५ दशमलव १५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ९८ दशमलव २७ अंकले बढेर पाँच हजार चार सय १७ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि ३६ दशमलव १५ अंकले बढेर २२ सय ८० दशमलव ६९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ५६ अंकले बढेर तीन हजार तीन सय ९१ दशमलव ५९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय २५ दशमलव ५४ अंकले बढेर १३ हजार ५४ दशमलव ९३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव ७० अंकले बढेर १० हजार सात सय ३६ दशमलव ३९ अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सागर डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

प्रतिक्रिया