सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छ : अध्यक्ष साम्पाङ
नेपालखोज
२०८२ मंसिर ७ गते १७:५१

टक्सार (भोजपुर) । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे ।
देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए । ‘युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छाैं भन्ने बुझन आवश्यक छ’, अध्यक्ष साम्पाङले भने ।
युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए । -रासस
सम्बन्धित








प्रतिक्रिया