आइतबार, पुष ६, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ मंसिर ८ गते ११:१४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया