आइतबार, पुष ६, २०८२

एनपीएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर ८ गते १३:२४

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर १३५ रन बनाएको हो ।

विराटनगरका लागि पाँचौं नम्बरमा क्रिज समाल्न आएका शुभम रन्जनेले ३७ रनको योगदान गरे । उनले २९ बलको सामना गरी दुई छक्का र दुई चौका हानेका छन् ।

बसिर अहमदले पनि ३६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३५ बलको सामना गरी तीन छक्का हिर्काए ।

प्रतिक्रिया