DishHome Go मार्फत मात्र NPL 2025 प्रसारण: CAN को सार्वजनिक सूचना

काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) ले २०८२ मंसिर १ गतेबाट सुरु भएको नेपाल प्रिमियर लिग (NPL 2025) को ओटीटी प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सार्वजनिक सूचना जारी गरेको छ । CAN ले दर्शक, विज्ञापनदाता र सरोकारवालाहरूसमक्ष ओटीटी प्रसारण अधिकार Dish Media Network Limited (DishHome) लाई मात्र प्रदान गरिएको स्पष्ट पारेको छ।
सूचना अनुसार भारत बाहेक अन्य सबै देशहरूमा नेपाल प्रिमियर लिगको ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्ककहाँ रहेको छ। दर्शकहरूले DishHome GO एप डाउनलोड गरी सबै खेलहरू कानुनी रूपमा हेर्न सक्नेछन् । CAN ले डिशहोमलाई डिजिटल प्रसारणका सबै अधिकार दिइएकाले YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram वा अन्य कुनै पनि वेबसाइट तथा एपमार्फत खेल प्रसारण गर्नु पूर्ण रूपमा निषेधित रहेको जनाएको छ।
अनधिकृत रूपमा प्रसारण, पुनःप्रसारण, रेकर्डिङ, सम्पादन वा सामग्रीको बिक्री–वितरण जस्ता गतिविधि गैरकानूनी हुने र प्रचलित कानुनअनुसार दण्डनीय हुने चेतावनी पनि दिइएको छ। CAN र DishHome दुवैले दर्शकहरूलाई अनधिकृत लिंक वा साइटबाट खेल हेर्न नहुने आग्रह गरेको छन्, किनकि यस्ता माध्यममार्फत हेर्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी भई साइबर अपराधमा पर्ने सम्भावना रहन्छ।
यदि नेपाल प्रिमियर लिगका कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भइरहेको जानकारी प्राप्त भएमा यथाशीघ्र CAN वा DishHome लाई सूचित गर्न अनुरोध गरिएको छ। CAN आयोजकको रूपमा र DishHome आधिकारिक OTT सेवा प्रदायकको रूपमा यो संयुक्त सूचनामार्फत कानुनी र सुरक्षित रूपमा खेल हेर्न सबैलाई आग्रह गरेका छन्।








प्रतिक्रिया