डा. केसी निःस्वार्थ सत्याग्रही : प्रवक्ता श्रेष्ठ
नेपालखोज
२०७७ असोज २२ गते १९:४३
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थ सत्याग्रहमा बसेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । डा.गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत उनले बताए । तर, डा. केसीले अहिले बसेको अनसनको समय सान्दर्भिक नभएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
कोरोनासँग लड्नुपर्ने बेलामा डाक्टर केसीले अनसनको समयबारे सोच्नुपर्ने उनको भनाइ छ । नेकपाले यसअघि नै डा. केसीको अनसनको समय उपयुक्त नभएको बताइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया