जापानमा अनावश्यक लागत कटौती घटाउन नयाँ विभागको स्थापना

टोकियो । जापानले १३५ अर्ब डलरको प्रोत्साहन प्याकेजको चिन्ता कम गर्न मङ्गलबार सरकारको गलत लागत कटौतीका लागि सरकारी दक्षता विभागको स्थापना गरेको छ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले वर्तमान् डोनाल्ड ट्रम्प प्रशासनको पालामा स्थापना गरेको जस्तै यो जापानको आफ्नै संस्करण भएको सरकारी अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री साने ताकाइचीले गत हप्ता अर्थतन्त्रलाई बढावा दिन ठूलो सरकारी खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देशको ठूलो ऋणको बोझ बढाउने डरका बाबजुद यो आर्थिक रूपमा जिम्मेवार रहेको बताएका थिए । ‘हामी बाँचिरहेको समयलाई ध्यानमा राख्दै वित्तीय स्थिरता सर्वोपरि, महत्त्वपूर्ण छ । जनताले देखिरहेका छन् हामी यसको लागि निरन्तर काम गरिरहेका छौँ,’ जापानी अर्थमन्त्री सत्सुकी कातायामाले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने ।
जापानको सरकारी दक्षता विभाग भनेर चिनिने यस पहलको अनावरण गर्दै प्रधानमन्त्री ताकाइचीले भने, ‘आर्थिक अपचलन कम गर्नका लागि उच्च सार्वजनिक चासो देखिएको छ ।’ एलन मस्कको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा प्रविधि विशेषज्ञहरूको टोली रहेको यस्तै कार्यक्रमले व्यवस्थित अनियमिततालाई भत्काउन र राष्ट्रको २० लाखभन्दा बढी बलियो निजामती सेवालाई हस्तक्षेप गरी सही मार्गमा डो¥याउन सहयोग पुर्याएको थियो ।
जापानी टोलीमा करिब ३० जना सरकारी अधिकारी रहने यो कार्यक्रमले सरकारी संस्थामा सुधार गर्ने लक्ष्य रहेको कातायामाले बताए । उनले भने, ‘विशेष कर उपाय र छुटहरूको समीक्षा गर्ने जिम्मेवारी रहेको यस कार्यालयले नीतिगत प्रभाव कम भएका कार्यक्रमहरूको समीक्षा गर्नेछ।’ –रासस/एएफपी








प्रतिक्रिया