शनिबार, पुष ५, २०८२

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ मंसिर १० गते १०:५४

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया