शनिबार, पुष ५, २०८२

फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते

नेपालखोज २०८२ मंसिर १० गते १८:५३

म्यानिला । फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा बिहान करिब ९ बजे भएको थियो ।

भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो । उद्धारकर्ताहरूले घाइतेहरूलाई पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनबाट निकाल्न घण्टौं काम गर्नु परेको थियो ।

प्रहरीले ट्रकको ब्रेक बिग्रिएर यसले उच्च गतिमा यात्रा गरेको जनाएको छ । ट्रक चालक र सहायक समेत घाइते भएका छन् । -रासस/एएफपी

प्रतिक्रिया