शनिबार, पुष ५, २०८२

चितवन राइनोजसँग विराटनगर ४८ रनले पराजित

नेपालखोज २०८२ मंसिर १० गते १९:२२

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ४८ रनले हराएकाे छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भयो ।

बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको हाे ।

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि टिमको हार टार्न पर्याप्त भएन । डे लाङ र प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया