शनिबार, पुष ५, २०८२

एनपीएलमा आज दुई खेल हुँदै, पहिलाे जितकाे दबाबमा जनकपुर र पोखरा

नेपालखोज २०८२ मंसिर ११ गते ६:२२

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, लुम्बिनी लायन्स तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरद्ध नौ विकेटको र तेस्रो खेलमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दै छ । खेल त्रिवि मैदानमै अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।  जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् । दुवै टिमले यसअघि दुई खेल खेले पनि अझै जितविहीन छन् ।

प्रतिक्रिया