दोहोरो अंकले उकालो लाग्दा ६ अर्ब ६६ करोडको काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज पुन १०.४३ अंकले बढेर २६ सय ७६ दशमलव तीन अंकमा पुगेको छ ।
नेप्सेमा आज ३३३ वटा कम्पनीहरुको ८६ हजार १७० पटकको कारोबारमा एक करोड ४६ लाख ९३ हजार आठ सय सात कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सुचक बढेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक आठ दशमलव ८७ अंकले घटेर २३ सय दशमलव ९९ अंकमा झरेकेमा उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमश: २१ दशमलव ४०, १८ दशमलव १०, एक दशमलव ३० र पाँच दशमलव ६४ अंकले घटेकाछन् ।
वाणिज्य बैंक समूहको सूचक भने आज २० दशमलव ३० अंकले बढेर १३ सय ९६.२७ अंकमा झरेकोमा बिकास बैंक समुहको सूचक पनि ९.३७ अंकले बढेर ५४ सय ८६.१३ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक पनि शुन्य दशमलव ६० अंकले बढेर ३४ सय ३५.९२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि १९ दशमलव ७१ अंकले बढेर १३ हजार ३३३.४१ अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सागर डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड नैं पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया