बिमा कम्पनीहरुद्वारा अविरल वर्षामा भएको क्षतिमा हालसम्म एक करोड १४ लाख भुक्तानी
काठमाडौं । बीमा कम्पनीहरुले अविरल बर्षामा भएको क्षतिमा हालसम्म एक करोड १४ लाख भुक्तानी दिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका सात सय ४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव तीन अर्ब ७७ करोड ४२ लाख दाबी रकम मध्धे हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र र्दु वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ चार सय पाँच वटा दाबीको दाबी रकम करिव तीन अर्ब २१ करोड ५० लाखम्रध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय चार वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव एक लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ दुई सय १० वटा दाबीको करिव चार करोड १४ लाखमध्ये करिव एक लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव दुई करोड ८२ लाखमध्ये करिव ४८ लाख रुपैंयाँ बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव एक करोड आठ लाख, अन्य बीमातर्फको दुई वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ तनि वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।








प्रतिक्रिया