एनपिएल : काठमाडाैंले चितवनलाई दियो १४३ रनको लक्ष्य
नेपालखोज
२०८२ मंसिर १२ गते १३:५४

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडाैं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडाैंले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो ।
काठमाडाैंका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया