एनपीएल-२ : काठमाडाैं गोर्खाजद्वारा चितवन राइनोज ५३ रनले पराजित
नेपालखोज
२०८२ मंसिर १२ गते १५:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडाैं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडाैंले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटर दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २(२ तथा सन्तोष यादवले एक विकेट लिए ।
सम्बन्धित








प्रतिक्रिया