शनिबार, पुष ५, २०८२

एनपीएलमा आज दुई खेल हुँदै

नेपालखोज २०८२ मंसिर १३ गते ५:५८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । 

प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ । चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स तालिकाको सातौँ स्थानमा छ ।

दोस्रो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरमै हुने यो खेल अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ । 

यता, तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ । जनकपुरले यसअघिका तीनमध्ये तीनै खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया