बिहीबार, पुष ३, २०८२

एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि आज यूएईसँग भिड्दै नेपाल

नेपालखोज २०८२ मंसिर १५ गते ६:१०

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ । नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो ।

यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियाे । नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।

प्रतिक्रिया