एम्बुलेन्स दुर्घटनामा दुई गम्भीर घाइते
नेपालखोज
२०८२ मंसिर १६ गते १४:०६

भोजपुर । यहाँको हतुवागढी गाउँपालिका-६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ ।
दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १-०२-००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।
घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।
सम्बन्धित








प्रतिक्रिया