एनपीएल : जनकपुर बोल्ट्सको पहिलो जित
नेपालखोज
२०८२ मंसिर १६ गते १५:२२

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । जनकपुर बोल्ट्सले मंगलबार खेलिएको खेलमा चितवन राइनोजलाई ६ विकेटले हरायो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको साबिक विजेता जनकपुर बोल्ट्सले १७.३ ओभरमा केवल चार विकेट गुमाएर १८० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
एनपीएलको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले हासिल गरेको यो पहिलो जित हो । जनकपुर बोल्ट्स यसअघि लगातार चार खेलमा पराजित भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया