देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ पुग्याे
नेपालखोज
२०७७ असोज २३ गते १७:००
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा शुक्रबार थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै देशभर कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया