माओवादी कर्णाली प्रदेश दलको नेताबाट शर्माद्वारा राजीनामा

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले दल नेताबाट राजीनामा दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जिसीसमक्ष आज राजीनामा दिएका हुन् ।
दलका प्रमुख सचेतक जिसीलाई उहाँले पत्रमार्फत सम्बोधन गर्दै लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’
कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै दलको नेताबाट राजीनामा दिएको जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) बिगठन भएर नेपाली कम्युनिष्ट पार्टी भएको छ । शर्माले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टीका बाँकी १२ प्रदेशसभा सदस्यबाट दलको नेता चयन गर्ने बाटो खुला भएको प्रमुख सचेतक जिसीले जनाए ।








प्रतिक्रिया