अमेरिका–रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ रहेको क्रेमलिनको भनाइ

मस्को । अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा कुनै ठोस प्रगति नदेखिएपछि क्रेमलिनले बुधबार मस्कोमा भएको अमेरिका–रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ बनेको बताएको छ । चार वर्ष लामो युद्ध अन्त्य गर्ने अमेरिका नेतृत्वको प्रयासमा गठबन्धनको सदस्यता एउटा प्रमुख बाधा हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध पदमा फर्किएको एक दिनभित्र समाधान गर्ने वाचा गर्नुभएको थियो । किएभले नेटोको सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्धको एक सुरक्षा कवचको रूपमा हेर्छ, जबकि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउनुको कारणहरूमध्ये एकको रूपमा नेटोको विस्तारलाई उल्लेख गरेका थिए ।
युक्रेन र युरोपद्वारा उक्त योजनालाई संशोधन गरिएको थियो तर मङ्गलबारको बैठकमा मस्कोले यसलाई अस्वीकार गरेको छ । नेटो प्रमुख मार्क रुट्टले बुधबार भने, ‘किएभको सदस्यताका लागि ढोका खुला छ, तर हाल युक्रेन नेटोमा सामेल हुनेबारे कुनै सहमति भएको छैन ।’
नेटोका परराष्ट्र मन्त्रीहरूले बुधबार ब्रसेल्समा हुने बैठकमा लडाइँ रोक्न अमेरिकाले गरेको पहलबारे छलफल गर्ने योजना तय गरेका थिए तर अमेरिकी विदेश मन्त्री मार्को रुबियो उक्त भेलामा सहभागी नहुने बताइएको छ । -रासस/एएफपी








प्रतिक्रिया