सोमबार, मंसिर २२, २०८२

रिलायन्स फाइनान्स १६ औं बर्षमा प्रवेश

नेपालखोज २०८२ मंसिर १९ गते १६:००

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड १६औं बर्षमा प्रवेश गरेको छ ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्न बिसं २०६६/०८/१० मा अनुमती प्राप्त गरी बिसं २०६६/०८/१८ बाट संचालनमा आएको फाईनान्सको का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय सहित मुख्य शाखा कार्यालय राखी आफनो कारोबार शुरु गर्दै आएको फाईनान्स आफनो सेवा प्रदान गर्दै आएको १५ औं बर्ष पूरा गरि १६ औं बर्षमा प्रवेश गरेको हो ।

फाइनान्सले केन्द्रीय कार्यालय सहित न्यूरोड काठमाडाैं, सितापाईला काठमाडाैं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रे, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

फाइनान्सको १६औं बार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत संस्थाले बालाजु काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ , त्यस्तै विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ६ गोसाइँस्थान स्थित संस्कृत भाषा निःशुल्क रुपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा मसलन्द सामानहरु वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई इ बैंकिङ, एससिटी नेटवर्टक एटिएम, विभिन्न रेमिटेन्स सेवाहरु, सी आस्वा, आईपिएस, कनेक्ट आईपिएस सेवा, एबिबिएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, एससिटी मोको समेतका सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया