एनपिएल : चितवन र पोखराबीच प्रतिस्पर्धा
नेपालखोज
२०८२ मंसिर २० गते १५:३२

काठमाडौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको छ । प्लेअफ दौडबाट बाहिरीसकेका चितवन र पोखराका लागि आज प्रतिष्ठाको लडाईं मात्रै हुनेछ । दुवै टोलीले छ खेलबाट समान चार अङ्क जोडेका छन् ।
आज भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेकोे थियो ।
सम्बन्धित








प्रतिक्रिया