८४ दिनको लागि ९० अर्ब रुपैंयाँ तान्दै राष्ट्र बैंक
अधिक तरलता नियन्त्रणको प्रयास

काठमाडौं । नेपाल राष्ट्र बैकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बडेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न दुई बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि ८४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति फागुन १७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने छ ।








प्रतिक्रिया