सोमबार, मंसिर २२, २०८२

निर्वाचन निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह

नेपालखोज २०८२ मंसिर २१ गते १९:०४

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निस्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ ।

७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज मानव अधिकारबारे अवधारणापत्र सार्वजनिक गर्दै तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न आग्रह गरिएको हो ।

समाजले भनेको छ, ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २१ को उपधारा ३ मा जनताको इच्छा नै सरकारको अख्तियारीको आधार हुनेछ, यो इच्छा विश्वव्यापी र समान मताधिकारद्वारा हुने आवधिक र निष्पक्ष निर्वाचनद्वारा अभिव्यक्त गरिनेछ भन्ने प्रस्ट छ । त्यसैले लोकतन्त्रको शाश्वत मूल्यलाई जीवन्त राख्न सम्बन्धित सबैलाई शान्ति समाज आग्रह गर्दछ ।’

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगलाई कसैको दबाब÷प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र रूपमा कार्यसम्पादन गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया