राष्ट्र बैंकले माग्याे ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन’ सम्रबन्धी व्यवस्थाको लागि सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन’ सम्वन्धी व्यवस्थाको लागि सुझाव माग गरेको छ । बैंक तथा वित्तिय संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने व्यवस्थाको गाइडलाइन नेपाल राष्ट्र बैंकले तय गरेको छ ।
सबै गतिविधि समावेश गरि प्रतिवेदन राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्थासहित ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन’ तय भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले तयार गरेको गाइडलाइन अनुसार बैंक तथा वित्तीय संस्थाले प्रयोगमा रहेका एआई प्रणाली, जोखिम व्यवस्थापन अवस्था, साइबर सुरक्षा संरचना, ग्राहकमा पारेको प्रभाव तथा आगामी प्रविधि विस्तार योजनासहितको एआई गतिविधि प्रतिवेदन वर्षमा एकपटक सम्बन्धित सुपरिवेक्षण विभागमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
कुनै पनि किसिमका समस्या देखिएमा त्यसको रिर्पोटिङ तत्काल राष्ट्र बैंकमा गर्नुपर्ने छ । एआईले वित्तीय क्षेत्रमा कार्यक्षमता, जोखिम मूल्यांकन, धोखाधडी नियन्त्रण, सेवा वितरण र अनुपालन जस्ता कार्यहरु मा जोखम देखिएको जनाएको छ । त्यसकारण यो गाइडलाईन अत्यन्त आवश्यक रहेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार यो गाइडलाइन वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी लघुवित्त, पूर्वाधार बैंक, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकलगायत राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै संस्थामा यो लागू हुनेछ ।
हाल क्रेडिट स्कोरिङ, फ्रड डिटेक्सन, जोखिम व्यवस्थापन, ग्राहक सहायता प्रणाली र नियमन अनुपालन निगरानीका क्रममा प्रयोग हुँदै आएका एआई मोडेल र प्लेटफर्म यसैको दायराभित्र रहने पनि गाईडलाईनमा उल्लेख छ ।









प्रतिक्रिया