पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु
नेपालखोज
२०८२ मंसिर २९ गते १८:५१

काठमाडौं । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो ।
यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् । पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् ।
ती घटनामा रु तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ । पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित








प्रतिक्रिया