प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा । मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएर घाइते बनाएको आरोप लगाएकी छन् ।
यही मङ्सिर २२ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकीले दासले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै ठक्कर दिएर आफूलाई अपहरणको शैलीमा जनकपुर पु¥याइएको आरोप लगाएकी हुन् ।
घटनामा उनको अनुहार, देब्रे आँखा र खुट्टामा चोटपटक लागेको छ । दासले भनिन्, ‘सायद ज्यानै लिने उद्देश्यले ठक्कर दिइयो । घाइते भएपछि नजिकै रहेको लहानमा रहेका अस्पतालमा उपचार गराउनुपर्नेमा झण्डै १०० किलोमिटर टाढा जनकपुर लगियो ।’
उनका अनुसार दुर्घटनापछि एम्बुलेन्स चालकसहित चारजनाले स्कुटीको डिक्की फोडेर ‘ह्याण्डब्याग’मा रहेको करिब एक लाख ८५ हजार रुपैयाँ मूल्यको ‘विभो एक्स–२०० प्रो’ मोबाइल, दस आनाका दुई थान सुनका टप, एक थान घडी, नागरिकतालगायतका सामग्री लुटिएको छ ।








प्रतिक्रिया