‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
नेपालखोज
२०८२ पुष २ गते ९:२५

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो ।
भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् । -रासस
सम्बन्धित








प्रतिक्रिया