नेप्से सूचक तथा कारोबार रकम दुवै बढ्यो, झण्डै छ अंकले बढ्दा चार अर्ब पाँच करोडको सेयर किनबेच

काठमाडौं । नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन १८ दशमलव ३७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि पाँच दशमलव ७० अंकले बढेर २६ सय २५ दशमलव ७० अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले बढेर चार सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार चार सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड ३७ लाख २० हजार सात सय ८२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये निर्जीवन बीमा समुहको सूचक ४० दशमलव शून्य छ अंकले घटेर १० हजार आठ सय ३१ दशमलव १५ अंकमा झरेकोमा होटेल तथा पर्यटन र व्यापार समूहको सूचक पनि क्रमशः २५ दशमलव ९७ र १० दशमलव ५५ अंकले घटेका छन् ।
वाँणिज्य बैंक समूहको सूचक भने चार दशमलव २४ अंकले बढेर १३ सय ५५ दशमलव ६७ अंकमा चढेकोमा बिकास बैंक समूहको सुचक पनि ३८ दशमलव ६५ अंकले बढेर ५४ सय ६८ दशमलव ५६ अंकमा चढेको छ । फाइनान्स समुहको सुचक पनि ४० दशमलव ४६ अंकले बढेर २३ सय ३९ दशमलव ६६ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि चार दशमलव ५९ अंकले बढेर ३३ सय ६२ दशमलव ५१ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव ८१ अंकले बढेर १३ हजार तीन सय ६० दशमलव २१ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शून्य चार, ३३ दशमलव ६३, तीन दशमलव ८७, शून्य दशमलव १० र एक दशमलव शुन्य दुई अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वस्तिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रोपावर पब्लिक लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनियन हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया