बिहीबार, पुष ३, २०८२

कति छ राष्ट्र बैंकमा लगानीयोग्य रकम ? बैंकिङ प्रणालीमा पुन: चार अर्ब २४ करोड राखिने

नेपालखोज २०८२ पुष ३ गते १२:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार अर्ब २४ करोड ४६ लाख रुपैंयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार वाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो ।

बैंकको विभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि जनवरी १, २०२५ देखि जनवरी १, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैंक तथा फाइनान्स कम्पनीहरुले यही पुस चार गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुल रकम मध्ये वाँणिज्य बैंकहरुको लागि तीन अर्ब ३९ करोड ५८ लाख, विकास बैंकहरुको लागि ६३ करोड ६६ लाख र फाइनान्स कम्पनीहरुको लागि २१ करोड २२ लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया