शनिबार, पुष ५, २०८२

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलंकालाई आईएमएफको सहायता

नेपालखोज २०८२ पुष ५ गते १२:१३

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ ।

आईएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हाे र यो श्रीलङ्काको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ ।

आईएमएफका उप–प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताए, ‘यसले श्रीलङ्कामा तत्कालै मानविय र पुनर्निर्माण आवश्यकताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ, जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलन सम्बन्धी चुनौतीहरू कम गर्ने अपेक्षा गरिएको छ ।’

ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलङ्काली सरकारको प्रशंसा गर्दै भने, ‘आईएमएफ यस कठिन परिस्थितिमा श्रीलङ्काली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्नेछ ।’ रासस/सिन्ह्वा

प्रतिक्रिया