अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते
नेपालखोज
२०८२ पुष ६ गते २०:४०

काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रान्तीय प्रहरी प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले लापरवाहीपूर्वक सवारी चलाइएकाले दुर्घटना भएको जानकारी दिएका छन्। प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन् । घाइते सबैलाई उपचारका लागि बग्लान प्रान्तीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । -रासस/सिन्ह्वा
सम्बन्धित








प्रतिक्रिया