सोमबार, पुष ७, २०८२

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

नेपालखोज २०८२ पुष ७ गते २०:४१

टोकियाे ।, जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पु¥याउन सकेन ।

‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्युजेडएसएस) अन्तर्गत राखिएको पाँचौं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारित सेवाहरूमा स्थान निर्धारणको शुद्धता बढाउनु हो ।

जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३ रकेट कागोशिमाको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट बिहान १०ः५१ बजे प्रक्षेपण गरेको थियो । तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट असफल भयो । अन्तरिक्ष निकायले हाल परिस्थितिको मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ ।

यो रकेटले बोकेको ‘मिचिबिकी नम्बर ५’ उपग्रह मोबाइल फोन, सवारी साधनका नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारण सेवाहरूको शुद्धता सुधार्ने उद्देश्य राखेको थियो । -रासस/ सिन्ह्वा

प्रतिक्रिया