मंगलबार, पुष ८, २०८२

तीन अंकले बढ्दा तीन अर्ब ४२ करोडको कारोबार

नेपालखोज २०८२ पुष ८ गते १५:२६

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १३ दशमलव ८८ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने तीन दशमलव २७ अंकले बढेर २५ सय ८४ दशमलव ४९ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंंकले बढेर चार सय ४७ दशमलव ५८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ९२ हजार सात सय ४६ पटकको कारोबारमा ७६ लाख ६८ हजार नौं सय १५ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार नौं सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा छवटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेको छ । जसमध्ये बिकास बैंक समूहको सूचक आठ दशमलव ९५ अंकले घटेर ५३ सय ५४ दशमलव ७४ अंकमा झरेकोमा जीवन बिमा समूहको सुचक पनि एक सय दुई दशमलव ८९ अंकले घटेर १२ हजार आठ सय ३३ दशमलव ६७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि १७ दशमलव ४५ अंकले घटेर १० हजार सात सय एक दशमलव ३२ अंकमा झरेकोमा लगानी, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ३५, शून्य दशमलव शून्य दुई र शुन्य दशमलव २२ अंकले घटेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने एक दशमलव ३७ अंकले बढेर १३ सय ४२ दशमलव ८४ अंकमा पुगेकोमा फाईनान्स समूहको सूचक पनि चार दशमलव ५३ अंकले बढेर २२ सय ७३ दशमलव ६६ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि नौ दशमलव ७८ अंकले बढेर ३३ सय दुई दशमलव ६८ अंकमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सूचक पनि क्रमशः सात दशमलव ४१, २० दशमलव ८२, आठ दशमलव ४१ र २९ दशमलव ४७ अंंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा एसवाई प्यानल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा पनि एसवाई प्यानल नैं पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया