मंगलबार, पुष ८, २०८२

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

नेपालखोज २०८२ पुष ८ गते १९:०१

काठमाडौं । डेल्टा अटोकर्प प्रा. लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी “चिसो विन्टर, तातो अफर” नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।

मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस स्कीममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १०,००० रुपैयाँ सम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४०,००० रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिनेछ ।

स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९% ब्याजदरमा इमएमआई फाइनान्स् सुविधा र ०% सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप, अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ ।

‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ । प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,’ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो बताउनहुन्छ ।

‘चिसो विन्टर, तातो अफर’ २०८२ पौष ९ गते देखि २०८२ फागुन ८ (२०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २०) गते सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागु हुनेछ ।

प्रतिक्रिया