बिहीबार, पुष १०, २०८२

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

नेपालखोज २०८२ पुष १० गते ८:४१

हेमाना, टर्की । लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् ।

विमान त्रिपोली फर्किरहेको थियो । टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् । दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।

टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भनेका, ‘विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ । रासस/एएफपी

प्रतिक्रिया