एमडीबी काण्डमा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब दोषी
नेपालखोज
२०८२ पुष ११ गते १७:२०

पुत्रजया (मलेसिया) । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग गरेको चारवटा अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसम्बन्धी थप अभियोगहरूको फैसलाको प्रक्रिया जारी रहेको जनाइएको छ ।
अभियोजन पक्षका अनुसार नाजिबले १एमडिबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गरेका थिए ।
नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र लो टेक झो नेतृत्वका दुष्ट वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गरेका छन् । तर घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार अवस्थामा छन् । रासस/एपी
सम्बन्धित








प्रतिक्रिया