हाजीरी जमानीमा छुटे प्रमुख कार्यकारी शेरचन
नेपालखोज
२०८२ पुष ११ गते १८:३२

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हाजीरी जमानीमा रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको जानकारी दिएकी छन् । ‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उनलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् ।
यसअघि मंसिर १४ गते शेरचन पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी शुक्रबार रिहा भएका हुन ।
सम्बन्धित








प्रतिक्रिया