सोमबार, असार २३, २०८२

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई कोरोना

नेपालखोज २०७७ असोज २७ गते १०:४७

तुलसीपुर । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । अहिले भने त्यस्तो लक्षण नदेखिएको उनले जानकारी दिए । जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया