नेपाल बायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच सम्झौता
नेपालखोज
२०७७ कार्तिक २ गते २०:११
काठमाडौं । नेपाल बायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच सम्झौता भएको छ । आज आईतबार निगम र बोर्डबिच नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच भएको यो सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नेपाल वायुसेवा निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया