प्रदेश १ मा ८७० सङ्क्रमित थपिए
धरान । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना सङ्क्रमित थपिएका छन्। यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो ।
थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा छ, संखुवासभा र तेह्रथुममा दुईदुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा ३४८ महिला र ५२२ पुरुष छन् ।
प्रदेश १ मा अहिलेसम्मममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ८५८ पुगेको छ भने अहिलेसम्मम छ हजार १८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । आज मात्रै विभन्नि स्थानबाट १४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा एक हजार ६८२ जना सहित कुल एक लाख ४८ हजार ८६४ जनाको पिसिआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया