मंगलबार, वैशाख १८, २०८१

बुधबार एक घण्टामा ७.६५ अंक बढ्यो शेयर बजार, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

नेपालखोज २०७७ कार्तिक ५ गते १२:३२

काठमाडौं । बुधबार पनि शेयर बजार बढी रहेको छ । सोमबारदेखि बढेको बजारले यो दिन पनि निरन्तरता पाएको हो । बुधबार एक घण्टामा बजार ७ दशमलव ६५ अंक बढेर १ हजार ५९१ दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवधिसम्म सेन्सेटिभ इन्डेक्स भने २ अंक बढेर ३१५ दशमलव ५५ विन्दुमा छ ।

बुधबार एक घण्टामा १५२ कम्पनीको ४४ करोड ७० लाख २० हजार रूपैयाँ बराबरको १४ लाख ७५ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनआईसी एशिया बैंकले लाभांश सार्वजनिक गरेसँगै यस बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

बुधबार एक घण्टामा एनआईसी एशिया बैंकको १४ करोड ३६ लाख ७६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो दिन पनि जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढेको छ । एक घण्टाको कारोबारमा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव ३० प्रतिशतले घटेको छ । यो अवधिमा जलविद्युत र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ९ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया