एक सातामा दुई लाख बढीले उपत्यका छोडे
काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका छन् ।
यो क्रम भोली अर्थात् महानवमीसम्म चल्नेछ। ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंको पहिलो र दोस्रो दिन २१—२१ हजार, तेस्रो र चौथो दिन २३—२३ हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौं दिन २५ हजार २ सय र सातौं दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका हुन् ।
योसँगै उपत्यका छोड्नेको संख्या सात दिनमा २ लाख १८ हजार ९ सय पुगेको महाशाखाले जनाएको छ । फुलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका छन् ।
यसअघि बिहीबार ३३ हजार ४ सयले उपत्यका छोडेका थिए । यसपटक कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उपत्यका छोड्नेको संख्या कम रहेको छ ।
प्रतिक्रिया